हब इन्टरनेशनलले ‘युके आयरल्यान्ड फेयर’ गर्ने
काठमाडौं । हब इन्टरनेशनल एजुकेसनले जेठ २६ गते राजधानीमा शैक्षिक मेला ‘युके आयरल्यान्ड फेयर २०२२’ गर्ने भएको छ । सोमबार हब इन्टरनेशनलले पत्रकार सम्मेलन गर्दै नेपाली विद्यार्थीको आयरल्यान्डमा रहेको विश्वविद्यालयप्रति आकर्षण बढ्दै गएकोले विद्यार्थीको सहजताको लागि उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।
फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्यान्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने हब इन्टरनेसनलका युके–आयरल्यान्डका काउन्सेलर सुरज घिमिरेले बताए । त्यस्तै, फेयरमा उपस्थित हुने विद्यार्थी मध्यबाट १११ उत्कृष्ट विद्यार्थीहरुलाई निःशुल्क ‘आईईएलटीएस’, निःशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले बताए ।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई मौकाको फाइदा उठाउन हब इन्टरनेशनलकी ब्रान्ड एण्ड बिजनेस डेभलपमेन्ट म्यानेजर श्रावनी खनालले आग्रह गरिन् । उनले फेयर कार्यक्रमले आयरल्याण्डमा पढ्न जाने विद्यार्थीलाई थप सहजता प्रदान गर्ने बताइन् । कार्यक्रममा आयरल्याण्डका विश्वविद्यालय, शिक्षा, विद्यार्थी संस्कृति, रहनसहनलगायतका विषयमा जानकारी गराइनेछ । हबले आफ्नो स्थापनाकालदेखि नै समय–समयमा शैक्षिक मेलाको आयोजना गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया