परिसंघको युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप्स फेष्टको आयोजना गर्ने
काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवर्द्धनका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले सीएनआईवाईईएफ नेपाल स्टार्टअप्स फेष्टको आयोजना गर्ने भएको छ । मञ्चले आगामी जुन २५ मा होटेल सोल्टीमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।
नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष अमुन थापाले जानकारी दिए । उक्त कार्यक्रममा स्टार्टअप्सले लगानी लागि प्रस्ताव पनि पेस गर्ने व्यवस्था पनि मिलाइएको मञ्चका पूर्वअध्यक्ष चाङ अग्रवालले बताए । लगानीको आवेदनका लागि २७ जेठसम्मको समय अवधि तोकिएको छ । चाङका अनुसार यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुनलागेको हो । चार मिलियन डलरबराबरको लगानीका लागि आशयपत्रमा हस्ताक्षर समेत भइसकेको उनले बताए ।
उनका अनुसार टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, आध्यता फण्ड मेनेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनर प्रालिले संयुक्त रुपमा करिब ५० करोडको आशय दिइसकेका छन् । होटल हिमालयमा गत वैशाख २९ गते उक्त सस्थाहरुसँग आशयपत्रमा हस्ताक्षर समेत गरिसकेको उनले बताए । साथै सोही दिन नेपाल प्राइभेट इक्विटी एसोसिएसन, इम्प्याक्ट हब, रोबोटिक्स एसोसिएसन नेपाल र इन्टरप्रेरनासँग पनि सहकार्य गर्न सम्झौता गरिसकेको उनले जानकारी दिए । कार्यक्रममा विविन्न विधाका सातवटा स्टार्टअप्सहरुलाई सम्मान्नित समेत गरिनेछ । ५० भन्दा धेरै स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया