Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

१० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना


काठमाडौं । पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईंको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । यसअनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस्’ भनेको छ ।

कम्पनीका अनुसार १० हजार रुपैयाँमा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुनसक्छ । यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ । ग्राहकलाई १२, १८ र २४ महिनासम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ । यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्टहरु उपलब्ध गराउनुपर्नेछ । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य एक लाख १० हजारदेखि पाँच लाख ५९ हजार रुपैयाँसम्म छ ।

कम्पनीका अनुसार यी स्कुटरमा विश्वप्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोललगायतका विभिन्न फिचर उपलब्ध छन् भने दुई वर्षको वारेन्टी उपलब्ध छ । इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नुपर्ने भएकाले वार्षिक रुपमा करिब एक लाख रुपैयाँ बचत हुने बताइएको छ । काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी, बाफल र पाटनका साथै उपत्यकाबाहिर धनगढी, पाल्पा र पोखरामा यसको शोरुम रहेको छ भने २० वटा नयाँ सहरमा चाँडै नयाँ शोरुम सञ्चालनमा आउने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया