Techie IT
×
गृहपृष्ठकर्पोरेटनमस्ते पे द्वारा नेपालभर स्मार्ट क्यूआर सेवा सुरु

नमस्ते पे द्वारा नेपालभर स्मार्ट क्यूआर सेवा सुरु


काठमाडौं । नमस्ते पेले नेपालका सबै स्मार्ट क्यूआर व्यापारीहरुमा आधारित क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । योसँगै अब नमस्ते पे प्रयोगकर्ताहरुले स्क्यान एण्ड पे सुविधा प्रयोग गर्न सक्छन् । स्मार्ट च्वाइस टेक्नोलोजी (एसटीसी)द्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने आउटलेटमा क्यूआर आधारित भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्ट पे क्यूआरमा हाल नेपालभर एक लाख ६० हजार व्यापारीहरुको नेटवर्क छ । यसका साथै नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआरमार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (तीन सय रुपैयाँसम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ । आगामी दिनमा समेत स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु लिएर आउने स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट सञ्चालक नेपाल डिजिटल कम्पनी लिमिटेडले जानकारी दिएका छन् ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया