Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

एनसेलको अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।

कम्पनीका अनुसार यी प्याकहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् । डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकताअनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित १२ रुपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । कम्पनीका अनुसार यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ ।

यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै इसेवा, खल्ती र आईएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् । सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकहरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया