Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रम प्रतिबद्ध

वातावरण संरक्षण तथा दिगोपना विकासका लागि खुकुरी रम प्रतिबद्ध


काठमाडौं । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । विश्व वातावरण दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको समेत जनाएको छ । यसलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यस्तै कम्पनीले सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने उल्लेख गरेको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर कम्पनीले आफ्ना सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको जनाएको छ । कम्पनीले बोतलहरु पुनः प्रयोग गर्ने गरेको र हाल कम्पनीका उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको जानकारी दिएको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत कम्पनी अग्रसर रहेको कम्पनीको भनाइ छ ।

हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् । यस्तै कम्पनीले ग्रिन इनर्जीमा समेत काम गरिरहेको छ । आगामी तीन वर्षभित्रमा ग्रिन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पु-याइसक्ने कम्पनीका महाप्रवन्धक सुभास लामिछानेले जानकारी दिए । कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइको काम समेत गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य (अभियान) जारी राख्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया