Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोह्याक : ४० हजार डलर पुरस्कार

ओप्पोह्याक : ४० हजार डलर पुरस्कार


काठमाडौं । प्राविधिक ब्राण्ड ओप्पो र ह्याकाथन विशेषज्ञ ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याकले प्रविधि प्रेमी तथा नवप्रवर्तकहरुको समाजलाई एकतृत गर्दै उदीयमान प्रविधि (भिजुअलाइजेसन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ ।

कम्पनीका अनुसार ओप्पोह्याकमार्फत कलरओएससम्बन्धी थप नयाँ जानकारीहरु पनि उपलब्ध गराइनेछ । प्रयोगकर्ताकेन्द्रित सर्वव्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधिबीच सहज अन्तर्सम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्बाध क्रस–डिभाइस कनेक्सनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्राण्ड प्रस्ताव ‘इन्स्पिरेसन अहेड’सँग जोडिएको ओप्पोह्याकले प्राविधिक नवप्रवर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोगमार्फत मानव जातिले सामना गर्ने सबैभन्दा चुनौतीपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ । ओप्पोह्याकमार्फत प्रविधिप्रेमीहरुलाई आफ्नो प्रतिभाको परीक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च इन्स्टिच्युट इन्नोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ । ओप्पोह्याक २०२२ मा सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्टजस्तै हो, जसले फोन र कम्पयुटरबीच सीमलेस अन्तर्क्रिया सिर्जना गर्दछ ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका पाँच सयभन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलिको अन्तर्सम्बन्धित समस्याहरु समाधान गर्न सहकार्य र प्रतिस्पर्धा गर्ने ह्याकाथन हो । कार्यक्रममा सहभागी हुन जो जहाँ भए पनि हाइब्रिड मोड ह्याकाथनले सजिलो बनाएको छ । कम्पनीका अनुसार जुनदेखि अगस्टसम्म, यसमा प्राविधिक ग्यारेजहरुको शृङ्खलाहरु हुनेछन्, जसले ग्राहकलाई शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट इन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । यसले ग्राहकको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तर्क्रिया गर्ने अवसर हो । कम्पनीका अनुसार यो प्रतियोतिगा जित्नेले ४० हजार डलरबराबरको कुल नगद पुरस्कार पाउनेछन् ।

ओप्पोह्याकले हकाथनका दुई राउन्डसहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट सहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअल्ली सहभागी भएका सह–होस्ट ह्याकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउन्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता ओप्पोह्याक डट कममा आवेदन दिन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया