Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङका नयाँ वासिङ मेसिन बजारमा, मूल्य कति ?

सामसङका नयाँ वासिङ मेसिन बजारमा, मूल्य कति ?


काठमाडौं । सामसङले आफ्नो २०२२ को नयाँ लाइन–अपअन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु प्रस्तुत गरेको छ । वासिङ मेसिनहरु चार नयाँ मोडलहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी मोडलहरु एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिमजस्ता विशेषताहरुयुक्त छन् ।

कम्पनीका अनुसार एआई कन्ट्रोलले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरुजस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ । साथै यी वासिङ मेसिनहरुमा इकोबब्बल प्रविधि जडान गरिएका छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिमा रहेका छन्, यसले गढेको मैला तथा ९९.९ प्रतिशत एलर्जी जीवाणुहरु र हटाउने गर्दछ ।

कम्पनीका अनुसार एआई इकोबब्बल नेपालको पहिलो वासिङ मेसिन हो, जसले मल्टिपल अप्सनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल सिफारिस गर्दछ । यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आईओटी) सक्षम वासिङ मेसिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ स्मार्ट टिभीजस्तै सामसङ स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै सामसङ स्मार्ट थिंग्स एपसँग जोडेपछि एआई इकोबब्बल वासिङ मेसिनहरुले २८ लाख डाटा अंकहरुमा आधारित उत्कृष्ट धुलाइ अप्सनहरु उपलब्ध गराउँछन् । धुलाइ अनुभवलाई ज्यादा प्रभावकारी र सजिलो बनाउन लण्ड्री प्लानरले प्रयोगकर्ताहरुलाई धुलाइको अन्त्य हुने समय निर्धारण गर्न सघाउँछ भने लन्ड्री रेसिपीले प्रयोगकर्ताद्वारा दिइएको रंग, फेब्रिक किसिम र दागको डिग्रीलगायतको सूचनाहरुमा आधारित उच्चतम धुलाइ साइकलहरुको अटोमेटिक रेकमेन्डेसन प्रदान गरी अनुमान लगाउनुपर्ने आवश्यकतालाई हटाउँछ । गोइङ आउट मोडले एन्ड टाइम ढिलो गर्न सहयोग गर्छ र धेरै समयसम्म वासरमा लुगा कपडाहरु छाडिनबाट बचाउँछ । यसका अलावा होम केयर विजार्डले प्रयोगकर्ताहरुलाई सम्भावित समस्याहरुबारे सजग गराउँदै तीव्र समस्या निवारण गर्दछ ।

यी सम्पूर्ण नयाँ वासिङ मेसिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । यी मेसिनहरुको सुरुवाती मूल्य एक लाख १७ हजार नौ सय ९० रुपैयाँ कायम गरिएको छ । उपभोक्ताहरुलाई एआई इकोबब्बल वासिङ मेसिनहरुमा एक वर्षको वारेन्टी र डीटीआई मोटरमा १० वर्षको वारेन्टी दिइनेछ । नयाँ वासिङ मेसिनकाहरु किन्न चाहने उपभोक्ताहरुले चुनिएका सामसङ स्मार्ट प्लाजाहरुबाट शून्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ विकल्पहरु प्राप्त गर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया