Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा अटो शो : २६ गतेदेखि स्टल बुकिङ खुल्ला

नाडा अटो शो : २६ गतेदेखि स्टल बुकिङ खुल्ला


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म नाडा अटो एक्स्पो आयोजना गर्ने भएको छ । सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ/संस्थाहरुको एक मात्र भव्यप्रदर्शनीको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो’ भदौ पहिलो हप्ता हुने भएको हो । नाडाका अनुसार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो आयोजना हुनेछ । त्यसका लागि यही जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेसन खुल्ला गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले बताएका छन् । उनका अनुसार सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइनेछ ।

प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्याइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको बरालले बताए । विगतका संस्करणहरुमा उल्लेखनीय रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उद्देश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेसन आह्वान गरिएको नाडाले जनाएको छ ।

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा यस नाडा अटो एक्स्पो २०२२ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एवं उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्नसक्ने आयोजकको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया