Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल घरेलु तथा साना उद्योग महासंघ ३३औँ वर्षमा

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३३औँ वर्षमा


काठमाडौं । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्ध हुने बताइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासंघका पदाधिकारीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्ध बन्ने बताएका हुन ।

नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरुले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए। साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरुसमक्ष पुग्न सकेको छैन । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया