Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको डाटा तथा भ्वाइस प्याक नमस्ते पे एपबाट पनि

टेलिकमको डाटा तथा भ्वाइस प्याक नमस्ते पे एपबाट पनि


काठमाडौं । नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याक अब नमस्ते पे एपबाट पनि लिन सकिने भएको छ । नमस्ते पे प्रयोगकतााहरूले नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकअन्तर्गत उपलब्ध सबै प्याकहरु खरिद गर्न सक्नेछन् ।

नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ समेत प्राप्त गर्र्न सक्नेछन् । एनडीपीसी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्टफोन आवश्यक नपर्ने गरी यूएसएसडीमार्फत बैंक र वित्तीय पहुँचु नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया