इन्फोडेभलपर्स १ अर्ब रूपैयाँको कम्पनी बन्ने
काठमाडौं । नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा एक अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ । शनिबार बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९/०८० को भिजन सार्वजनिक गर्दै अबको एक वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको बताए ।
यस्तै उनले संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँभन्दा माथि रहेको छ । ‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौँ । नयाँ–नयाँ प्रविधिमा लगानी गर्नेछौँ’, उनले भने, ‘कर्मचारीको ३६० डिग्री वृद्धिमा ध्यान दिनेछौँ । इनहाउस प्रडक्ट र आइडियालाई मोनिटाइज गर्नेछौँ ।’ चालू आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आइडिया लिएर आए पार्टनर बनाएर सँगै काम गर्ने पनि उनले बताए ।
त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरेको बताए । उक्त कार्यक्रममा चालू आर्थिक वर्षका लागि लिएका लक्ष्यहरू के कति पूरा भए त्यसको पनि समिक्षा गरिएको थियो । बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालू आर्थिक वर्षको समीक्षा, उपलब्धि र चुनौतीहरुको मूल्यांकन एवं आगामी आर्थिक वर्षमा के–के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।
उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरु समेत गरी ४५ जना कर्मचारीहरुको सहभागिता थियो । त्यसपछि प्रत्येक समूहबाट प्रतिनिधित्व गर्दै एक एकजनाले उक्त भिजन पूरा गर्न के–के कार्य गर्न सकिन्छ भन्दै प्रस्तुति दिएका थिए । उक्त कार्यक्रमलाई सहजीकरण गरेका डा. सुब्बाका अनुसार उक्त रणनीतिक कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर एक रिपोर्ट तयार गरी आगामी वर्षको लागि आवश्यक पर्ने आर्थिक बजेटमार्फत कार्यान्वयनमा लगिनेछ । कार्यक्रममा इन्फोडेभलपर्सका कार्यकरी निर्देशकद्वय प्रविन सुबेदी तथा अरबिन्द प्रधान, सीओओ डा. सुब्बा, जनशक्ति व्यवस्थापन विभागका प्रमुख रेबेका प्रतिक राई एवं प्रशासन विभाग प्रमुख सुरेश मानन्धर समेतले आ–आफनो धारणा राखेका थिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया