कोका–कोलाको ‘कोक उठाऔँ, आफूलाई जगाऔँ’ क्याम्पेन
काठमाडौं । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाऔँ, आफूलाई जगाऔँ’ रहेको छ । कम्पनीका अनुसार यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिउँसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।
कोका–कोला नेपालले नयाँ टीभीसी सार्वजनिक गरेको छ, जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । टिभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसैक्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ । अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रिफ्रेस्ड भएकी अदिति र उनको साथी दुवै जना खुसी हुँदै आफ्नो बाटो लाग्छन् । कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ ।
बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल, ५०० एमएल, एक लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया