Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिखर शुजद्वारा बजारमा नयाँ मोडलका स्पोर्ट्स जुत्ता सार्वजनिक

शिखर शुजद्वारा बजारमा नयाँ मोडलका स्पोर्ट्स जुत्ता सार्वजनिक


काठमाडौं । शिखर शुज इन्डष्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्ट्स शु बजारमा ल्याएको छ । कोरोना महामारीका कारण विगतमा सुस्ताएको बजार पछिल्लो समयमा केही मात्रामा सहज भएपछि कम्पनीले एकै पटक ४०/५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

अहिले महिला, वृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्ट्स शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ । कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले विगत २५ वर्षदेखि यस कम्पनीले उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको बताए । कम्पनीका विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु नेपाली ग्राहकको रोजाइमा पर्न सफल रहेको उनको भनाइ छ ।

शिखर शुका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेका छन् । कम्पनीका स्पोर्टस शुहरु सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाइमा पर्ने कम्पनीको दाबी छ । कम्पनीले विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया