फ्रोयोले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने
काठमाडौं । फ्रोयो (फ्रोजन योगर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ । ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेललगायतका क्षेत्रमा शाखा खोल्ने तथा मुलुकका सबैजसो मुख्य सहरहरूमा सेवा विस्तार गर्ने जनाएको छ ।
उपत्यकामा फ्रोयो नेपालले आफैँ शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेन्चाइजमार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोशिला भण्डारीले जानकारी दिइन् । फ्रोयोले हाल १५ प्रकारका स्वादमा सेवा दिइरहेको उल्लेख गर्दै भण्डारीले यसमा चिनी र फ्याट मिसावट नगरिएका कारण सबैखाले उपभोक्तालाई उपयुक्त हुने बताइन् ।
उनका अनुसार विकसित मुलुकहरूमा फ्रोयोलाई आइसक्रिमको विकल्पका रूपमा पनि लिइन्छ । आइसक्रिममा चिनीको मात्रा बढी हुने भए पनि फ्रोयोमा चिनी मिसावट गरिँदैन । फ्रोयो नेपालका सञ्चालक अच्युत पोख्रेलका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो । ‘यसको विशेषता भनेकै ‘लो फ्याट, लो सुगर’ हो र यो पूर्णतः भेज पनि हो,’ पोख्रेल भन्छन्, ‘फ्रोयो मूलतः स्वास्थ्यप्रति सजग व्यक्तिहरूले नै खाने हो, यसको कुनै साइड इफेक्ट हुँदैन बरु यसले पाचनशक्ति सबल बनाउँछ ।’
नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोभिड महामारीका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए । कोभिड असर कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएका कारण कम्पनीले यसको सेवामा आक्रामक ढंगले विस्तार गर्ने योजना अघि सारेको छ । फ्रोयोले दुध र दही नेपाली नै प्रयोग हुने जनाएको छ ।
फ्रोयोमा एक सय ८० रूपैयाँदेखि नौ सय रूपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् । हाल यी परिकारहरू आँप, लिची, स्ट्रबेरीलगायत विभिन्न १५ फ्लेबरमा उपलब्ध रहेको जनाइएको छ । यसमा विभिन्न फलफूलसहित सर्भ गरिने भएकाले स्वादिलो तथा स्वस्थकर रहेको सञ्चालक भण्डारी बताउँछिन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया