Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदाहुवाका सीसीटीभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेसिनसम्मका उपहार

दाहुवाका सीसीटीभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेसिनसम्मका उपहार


काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा अधिकतम दुई लाखदेखि पाँच सयसम्मका उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले उपभोक्ताहरुको लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ ।

नेपाली बजारमा अधिक रुचाइएको उक्त सीसी.क्यामेरा कम्पनीले आफ्ना उपभोक्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो । बिध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारिक बिक्रेताद्वारा कम्तीमा ३० हजारबराबरको सीसी क्यामेरालगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्डमार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो । यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर/ग्राइन्डर, स्मार्टमोबाइलदेखि हात खाली नजाने एक हजार रुपैयाँ, सात सय ५० रुपैयाँ र पाँच सय रुपैयाँका नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै नेपालभरका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रीका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ । दाहुवा सीसीटीभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्यधिक मन पराइएको ब्रान्ड हो । यो बजारमा पाइने अन्य ब्रान्डको तुलनामा गुणस्तरीय, भरपर्दो, सस्तो र सुरक्षित रहेको कम्पनीको दाबी छ ।

उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरी सर्वसुलभ दरमा सीसीटीभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मूल्य २५ हजार रुपैयाँ कायम गरेको छ । यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्वारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आह्वान समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया