Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाइन्ड एन

नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाइन्ड एन


काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाइन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुबारे चर्चाको अग्रभागमा छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल आई/ओ कि–नोटमा प्रदर्शन गरिएको थियो ।

कम्पनीका अनुसार ओप्पो फाइन्ड एन एन्ड्रोइड १३ बिटा प्राप्त गर्ने पहिलो स्मार्टफोनमध्ये एक हो । साथै कम्पनीले ओप्पोको कलर ओएस अपरेटिङ सिस्टममा आधारित एण्ड्रोइड १३ बिटाको डेभलपर प्रिभ्यु अब चीनका फाइन्ड एन प्रयोगकर्ताहरुका लागि डाउनलोड गर्न उपलब्ध रहेको घोषणा गरेको छ । फाइन्ड एन सँगसँगै, एण्ड्रोइड १३ बिटा ओप्पो फाईन्ड एकस प्रो फ्लाशिप स्मार्टफोनका विश्वव्यापी प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध छ । ओप्पोका लागि नवप्रवर्तन भनेको सफलताका प्रविधिहरु समावेश गर्नु मात्र नभएर कमजोरीहरु पहिचान गर्ने र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन नवीन समाधानहरु डिजाइन गर्नेबारे हो ।

ओप्पोका प्रमुख उत्पादन अधिकृत पिट लाउले भने, ‘ओप्पो फाइन्ड एनले प्रविधिको उन्नतिमार्फत प्रयोगकर्ताहरुलाई सशक्त बनाउन ओप्पोको अभिनव रोडम्यापको आधारशिला प्रतिनिधित्व गर्दछ ।’ ओप्पो फाइन्ड एनमा रहेको एन्ड्रोइड १३ बिटाले मल्टीटास्किङ र समग्र अनुभवको दक्षता हेरेर थप सुधार गर्न ठूलो डिस्प्लेको लागि अनुकुल नयाँ सुविधाहरुको दायरा समावेश गर्दछ ।

मे १२ मा गुगल आई/ओ पछि, ओप्पो र गुगल इन्जिनियरहरुले संयुक्त रपमा नयाँ स्मार्टफोन फर्म फ्याक्टरहरुको भविष्य हार्डवेयर, सफ्टवेयरले कसरी राम्रोसँग काम गर्न सक्छन् भन्नेबारे गहन छलफलको लागि इन्स्टाग्राम लाइभ सेसनको आयोजना गरेका थिए । सुधारिएको प्रयोगकर्ता अनुभवको लागि, सहभागीहरुले गुगलबाट एन्ड्रोइडमा यूएक्सका निर्देशक कर्नवेल समावेश गरेका थिए । ओप्पो सफ्टवेयर उत्पादन प्रमुख ग्यारी चेन र ओप्पोका वरिष्ठ यूएक्स डिजाइनर पनि यस सेसनमा सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया