नयाँ नोकिया जी–२१ सार्वजनिक
काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी शृंखलाअन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तीन दिन सम्म टिक्ने ब्याट्री लाइफ छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरूसहित सुपथ मूल्यमा उपलब्ध छन् ।
एसिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरका अनुसार मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लिक नोर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ । बनावट मात्र बलियो नभई यसको ओयस् र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको उनले बताए । ओएसमा दुई वर्ष र सेक्युरिटी अपडेटमा तीन वर्षसम्म गर्न मिल्ने हुनाले धेरै पछिसम्म पनि नयाँ फोन चलएको आभास हुने उनको दाबी छ । साथै यसमा महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित मास्क मोड पनि रहेको छ ।
एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीनतम सुविधाहरू सबै सहजै उपलब्ध छन् । बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्रि–लोडेड स्पोटीफाई र एक्सप्रेस भीपीएनसहित आउने यस फोनमा उपभोक्ताहरुले ७० मिलियनसम्म गीतहरु र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ ।
साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरुको लागि एक्सप्रेस भीपीएन ३० दिनको ट्राएल पिरियडसम्म फ्री छ । साथै यसमा ब्याट्री लामो समयसम्म विस्तार गर्नको लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्न सकिनेछ । कम्पनीका अनुसार जी—सिरिजमा पहिलो पटक ९० हर्जको पावरसहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ ।
भर्साटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जुम क्वालिटी प्रदान गर्दछ ।
नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत छ । फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरुमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ । ६/१२८ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया