Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजुनलाई अन्तर्राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ

जुनलाई अन्तर्राष्ट्रिय योग महिनाको रुपमा मनाउँदै आर्ट अफ लिभिङ


काठमाडौं । आर्ट अफ लिभिङले सन् २०१५ देखि विभिन्न किसिमका योग कार्यशालाहरु र जनचेतनामूलक अभियानहरु सञ्चालन गर्दै जुन महिनालाई योग महिनाको रूपमा मनाउँदै आएको छ । यसै सिलसिलाअन्तर्गत यो वर्ष आर्ट अफ लिभिङले विभिन्न सरकारी तथा निजी विद्यालय, कलेज, आर्मी क्याम्प, सशस्त्र प्रहरी बल र अन्य संस्थाहरुका लागि पनि लागि योग कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

आर्ट अफ लिभिङले विश्वसम्पदा क्षेत्रहरूमा पनि योग महोत्सव आयोजना गर्दै छ, जहाँ विभिन्न पेशा, व्यवसाय र उमेर समूहका मानिसहरू स्वतन्त्र रूपमा सहभागी हुन सक्छन् । असार १३ गते वसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको यो कार्यक्रममा विभिन्न पृष्ठभूमिका सयभन्दा बढी व्यक्तिले योग गरेका थिए । यो योग शृंखला महादेवस्थान, मातातीर्थ, स्वयम्भूनाथ स्तूपा, बौद्धनाथ स्तुपा लगायत काठमाडौँका अन्य विभिन्न स्थानहरुमा सञ्चालन गरिएको थियो । सद्भाव र सदाचार्यको नेपाली संस्कृतिलाई झल्काउँदै आईटी व्यवसायीहरु, विद्यार्थीहरू, ब्रिटिश गोर्खा प्रशिक्षार्थीहरू, कराते अभ्यासकर्ताहरू, गृहिणीहरूलगायत विभिन्न समुदाय र पृष्ठभूमिबाट योग गर्न र यसको महत्व झल्काउनको लागि मानिसहरु सहभागी हुँदै आएका छन् ।

त्यस्तैगरी आर्ट अफ लिभिङ नेपालले आर्मी र सशस्त्र प्रहरी बलका लागि पनि क्रमशः जुन २० र जुन २२ मा विशेष योग कार्यक्रम तय गरेको छ । आर्ट अफ लिभिङ नेपालका योग गुरुहरुले काठमाडौँ उपत्यका बाहिर पनि पोखरा, चितवन, लुम्बिनी, बुटवल, भैरवा, धनगढी, दाङ, विराटनगर, झापा लगायतका स्थानहरुमा निःशुल्क योग कक्षा सञ्चालन गर्दै आएका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया