Techie IT
×
गृहपृष्ठकर्पोरेटगोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक

गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक


काठमाडौं । रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ । मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रिजरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन्, जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखि आठ डिग्रीमा स्थिर राख्छ । डब्लुएचओ पीक्यूएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्डओभर टाइम तीनदेखि चार दिनसम्मका छन् भने ४७ देखि २७६ लिटरसम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरु फ्रिज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्यांकन गरिएको छ ।

यी रेफ्रिजेरेटरहरु सीएफसी एचएफसी र एचसीएफसीमुक्त भएकाले पूर्णतया वातावरणमैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरुको ढोका अगाडिबाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउँछ । यी रेफ्रिजेरेटरहरुमा दुई वर्षको वारेन्टी रहेको छ । ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदि राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई दुई डिग्रीदेखि छ डिग्रीमा स्थिर राख्छ ।

आईएसओ र सीई सर्टिफाइड यी रेफ्रिजेरेटरहरु शतप्रतिशत सीएफसीमुक्त भएकाले पूर्णतया वातावरणमैत्री हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् । यी रेफ्रिजेरेटरहरुमा पूर्वचेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्लेसँगै एन्टेलिजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ । यी रेफ्रिजेरेटरहरु एक सय १७ देखि तीन सय २० ब्लड ब्यागसम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरुको ढोका पारदर्शी छन् जसले उच्च भिजिबिलिटी दिन्छ । यी रेफ्रिजेरेटरहरुमा दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । विभिन्न सल्भेन्ट, केमिकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधिहरु आदि राख्नयोग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कुलिङ टेक्नोलोजीमा आधारित छन् । यी रेफ्रिजेरेटरहरु दुई सयदेखि चार सय लिटरसम्मको क्षमतामा उपलब्ध छन् ।

कम्पनीका अनुसार कुनै पनि संघ–संस्थाले गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरुबारे थप बुझ्न चाहेमा वा बुकिङ गर्न चाहेको खण्डमा कम्पनीको आधिकारिक नम्बरहरु ९८५१२११०६७ र ९८१०३६३३०५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया