Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल

मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल


काठमाडौं । मंगलम् इन्डस्ट्रिज प्रालिले मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल रहेको बताएको छ । कम्पनीका अनुसार मेकानिकल, थर्मल, रासायनिक सबै पक्षहरूमा उत्कृष्ट मंगलम् प्रोड्रेन पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा धेरै अब्बल छन् ।

मंगलम् प्रोड्रेन पाइपहरू रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यिनीहरु आईएस : १३५९२ मान्यता प्राप्त छन् । मंगलम् प्रोड्रेन पाइप आईएसओ साथसाथै नेपाल गुणस्तर (एनएस) पनि प्रमाणित छ । छिटो र सजिलै जडान गर्न सकिने, ज्वाइन्टहरू बनाउन कुनै सल्भेन्ट सिमेन्टको आवश्यक नपर्ने मंगलम् प्रोड्रेन पाइपहरू आवासीय तथा व्यावसायिक भवनहरू, कारखाना, गोदामलगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी छन् ।

चाँडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने मंगलम् प्रोड्रेन पाइप्सहरुमा रासायनिक प्रतिक्रिया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरु चाँडै नबिग्रिने र भरपर्दो छन । जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरु ड्रेनेज सिस्टमलगायत वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा सहजै उपलब्ध यी पाइपहरु ढल निकास तथा व्यवस्थापनको लागि अत्यन्तै उपयुक्त र भरपर्दो छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया