Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोन्डा मनसुन एक्सचेन्ज’ उपहार योजना

होन्डा मनसुन एक्सचेन्ज’ उपहार योजना


काठमाडौं । होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा सात हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा चार हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ भने निःशुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो योजना यही असार ५ देखि असार १० गतेसम्म मात्रै लागू हुने कम्पनीको भनाइ छ । योजनाअन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सकिनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया