Techie IT
×
गृहपृष्ठकर्पोरेटआईएमई पेको ‘उच्च तापक्रममा उच्चतम छुट’ अफर

आईएमई पेको ‘उच्च तापक्रममा उच्चतम छुट’ अफर


काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले हवाइ उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आईएमई पे एपबाट हवाइ उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

साधारणतया अरु वालेट एपहरुभन्दा बढी क्यासब्याक दिइरहेको आईएमई पे एपले यस अफर अवधिभरि हप्ताको दुई दिन केवल एक घण्टाको लागि सो अफर प्रदान गर्ने कम्पनीले जनाएको छ । असार ७ देखि सुरु भएको अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाइ उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया