Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक

टीभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक


काठमाडौं । जगदम्बा मोटर्सले बीएस–भीआई मोडलको टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक गरेको छ । टीभीएस अपाच्चे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको मोटरसाइकल हो ।

कम्पनीका अनुसार यसमा तीन राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट)जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन्, जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५पीएस एट ९२५० आरपीएम र अर्बन र रेन मोडमा १५.६४ पिएस एट ८६००आरपीएम पावर उत्पादन गर्दछ ।

त्यस्तै, यसले स्पोर्ट्स मोडमा १४.७३ एनएम एट ७२५० आरपीएम र अर्बन र रेन मोडमा १४.१४ एनएम एट ७२५० आरपीएम टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र एविएस सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया