Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड

टीसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड


काठमाडौं । नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्न सधै अग्रसर टीसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टीसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टिभी ब्रान्ड प्रमाणित गरेको छ । टीसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरीय उत्पादनले प्रख्यात भएको छ ।

ओम्दिया ग्लोबल टि.भी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये सात करोड ३२ लाख एन्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए, जसको २०.७ प्रतिशत टिभी यानी एक करोड ५१ लाख वटा टीसीएलको टिभीको सिपमेन्ट भएको थियो, जसले टीसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टिभी ब्रान्ड बनाएको छ ।

टीसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ इन्चसम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टीसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडी, कभर्ड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाइ बन्न सफल भएको टीसीएल ब्राण्डले आफ्ना टिभीहरुमा तीन वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरणहरु नेपाली बजारमा बिक्री हुने गरेको छ । कम्पनीका डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया