नेपाल टेलिकमले इन्टरनेट शुल्क ३६ प्रतिशतसम्म घटायो
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।
इन्टरनेट लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले दुई हजार पाँच सय रुपैयाँ रहेकोमा अब एक हजार छ सय रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि दुई हजार तीन सय रुपैयाँबाट घटाएर एक हजार छ सय रुपैयाँ नै कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महशुल क्रमशः दुई हजार एक सय रुपैयाँ र एक हजार नौ सय रुपैयाँ रहेकोमा अब दुवैको महशुल दर एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल दुई हजार सात सय रुपैयाँ रहेकोमा अब दुई हजार चार सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको दुई हजार चार सय रुपैयाँ रहेकोमा अब दुई हजार एक सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको दुई हजार एक सय रुपैयाँ रहेकोमा अब एक हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ । कम्पनीका अनुसार यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा चौबीसै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया