Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘एस्ट्रोपड’ डेटिङ एप ‘मेड इन स्टार्स’ सार्वजनिक

‘एस्ट्रोपड’ डेटिङ एप ‘मेड इन स्टार्स’ सार्वजनिक


काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ । नेपालमा भरपर्दो डेटिङ एप नभएकोले प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले कम्पनीले उक्त एप सार्वजनिक गरेको जनाएको छ ।

एस्ट्रो पडको नारा “मेड इन स्टार्स“ राखिएको छ । उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी सुरु हाम्रो लक्ष्यका साथ सुरु गरेको बताए । ‘सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ्ग एप एस्ट्रोपड सार्वजनिक गरेका हौं । यो अन्य सामान्य डेटिङ एपभन्दा फरक छ’, कोइरालाले भने, ‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथीहरु छनोट गर्नसक्ने सुविधा छ र त्यसै आधारमा उनीहरुले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुविधा छ ।’

एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो । ग्रह–नक्षत्रले हाम्रा जीवन तथा मानिसले अनुसरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ । यस्ता प्रभावलाई सुरुमै थाहा पाउन सक्नु ठूलो उपलब्धि र सम्पत्ति पनि हो । त्यसैले कम्पनीको उद्देश्य अंग्रेजी शब्दावली लभ इज नट इन द एयर रहेको हो ।

चर्चित डेटिङ एपहरुले मानिसहरुलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन् । यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन् । तर एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ ।

यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ । यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो, जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ । हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया