Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपुतलीसडकमा एण्ड डोरिस रेष्टुरेन्ट

पुतलीसडकमा एण्ड डोरिस रेष्टुरेन्ट


काठमाडौं । राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन)मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँं रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे । काठमाडौं महानगरपालिका वडा नं २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

डक एण्ड डोरिस रेष्टुरेन्ट प्रालिका प्रबन्धक निरज मानन्धरले रेष्टुरेन्टमा बिहानको ब्रेकफाष्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रुपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् । ‘सामान्यतया साधारण रेष्टुरेन्टमा भन्दा हामी सस्तोमा सेवा दिन्छौं, उनले भने, ‘सस्तो भन्दा पनि स्वस्थकर खाना हाम्रो पहिलो प्राथमिकता हो’ । मासुहरु जहाँ पायो त्यहीँबाट नकिनेर विशेष स्थान जहाँं आईएसओ सर्टिफाई छ, त्यस्ता ठाउँबाट मात्र मासुलागयतका खाद्यान्न किनेर तयार पारिने उनको भनाइ छ ।

रेष्टुरेन्टको नाम अथ्र्याउँदै उनी रेष्टुरेन्टको नाम स्कटल्याण्ड देशका स्कटिस भाषाबाट राखेको बताउँछन् । उनका अनुसार स्कटिस भाषामा डक एण्ड डोरिसको अर्थ कुनै एक क्षणमा छुटिने बेलाको अन्तिम ड्रिक्स हो । काठमाडौं उपत्यकामा भोजभटेर वा ग्याडरिङमा छुटिने बेलामा अलिकति भए पनि पिउने चलनलाई आत्मसात् गरी रेष्टुरेन्टको नाम छनौट गरेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया