Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो रेनो२ एफ : के छन् विशेष फिचर ?

ओप्पो रेनो२ एफ : के छन् विशेष फिचर ?


काठमाण्डौँ,फागुन ८

ओप्पोले केही समयअघि विशेषगरी सिर्जनशील युवापुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो२ एफ सार्वजनिक गरेको छ । रेनो२ एफ ओप्पोको लोकप्रिय रेनो सिरिजअन्तर्गत भित्र्याइएको संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ । फोन अहिले नेपाली बजारमा यसले उपलब्ध गराएका विभिन्न सुविधाका कारण निकै लोकप्रिय छ । ओप्पो रेनो२ एफमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत् ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका स्थान तथा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितिमा उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ । यसमा कम्पनीले क्वाड (चारवटा) क्यामेरा सेटअपको व्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन् । यस फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोलुसन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १÷२.२५ इञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

ओप्पो रेनो२ एफले उत्कृष्ट तस्बिर खिच्न सघाउनुका साथै समान भिडियो क्षमता पनि प्रदर्शित गर्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनो२ एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक छ । रेनो२ एफमा कम्पनीले पप–अप क्यामेरालाई ह्याण्डसेटको मध्यभागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ । साथै, यसमा उपलब्ध गरिएको रंगीन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदान गर्न सघाएको छ । वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङ वा गेमिङ, हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी भ्यूइङ अनुभव प्रदान गर्छ । यसमा रहेको १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०८१०८० रिजोल्यूसन र ९१.१ प्रतिशत स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ इञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । रेनो२ एफमा आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रि मोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ ।

ओप्पोेले ब्याट्रीको महत्वका बारेमा पनि रेनो२ एफमा उत्तिकै ध्यान दिएको देखिन्छ । कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको व्यवस्था पनि रहेको छ । यसले चलायमान नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउ पु¥याउँछ । कम्पनीले नयाँ फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ । रेनो२ एफमा ओप्पोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ ।

अनलक एरियाको प्रकास यस पटक पछिल्ला संस्करणका तुलनमा अझ चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११ प्रतिशतसम्म तीव्र छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुक्त चहकिलो स्क्यानिङको प्रयोग गरेको छ । रेनोटू एफमा एमटीके हेलियो पी७० सीपीयूका साथमा ८जीबी ¥याम र १ सय २८जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ । एमटीके हेलियो पी७०द्वारा सञ्चारित र परिस्कृत २.१जीएचजेड प्रोसेसर टर्बो चार्जेजले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभव र सटिक रेस्पोन्स प्रदान गर्छ । फोनमा प्रयोगकर्तालाई अझ उत्कृष्ट र परिष्कृत अनुभव दिने सोचका साथ लिंक बुष्ट, गेम बुष्ट २.०, डल्बि एट्मस, कलरओएस६.०, ओप्पो सेयर लगायत विभिन्न आकर्षक र उपयोगी फिचर्सपनि उपलब्ध गरिएका छन् । नयाँ स्मार्टफोन रेनोटू एफको मूल्य ४३ हजार ९ सय ९० निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया