Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंमा महिन्द्रा टुएस डिलरको उद्घाटन

काठमाडौंमा महिन्द्रा टुएस डिलरको उद्घाटन


काठमाडौं । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ मनमैंजु, काठमाडौंमा नयाँ टु एस डिलरको उद्घाटन गरेको छ । महिन्द्राको यस नयाँ टु एस डिलरबाट महिन्द्रा फोर–ह्विलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सकिनेछ ।

एमएण्डए अटोमोबाइल्स प्रालिको उद्घाटन एमएण्डएम, अन्तर्राष्ट्रिय अपरेसन्स प्रमुख–एडी जोयदिप मोइत्रा र अग्नी समूहका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माको साथै अग्नी समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । यस नयाँ डिलरको उद्घाटन कम्पनीको नेटवर्क विस्तारको अर्को एक कदम भएको बालाजु अटो वक्र्सका प्रबन्धनिर्देशक अर्जुन प्रसाद शर्माले बताए ।

यस सर्भिस सेन्टरले सबै महिन्द्रा अटोमोबाइल्स जस्तै स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार, आदिका ग्राहकहरुको लागि सेवा र जेन्युन स्पेयर पार्ट्सको सुविधा प्रदान गर्नेछ । अब यस सर्भिस सेन्टर नजिकै र आसपास रहेका ग्राहकहरुले सहज सेवा सुविधाको लाभ लिनसक्ने कम्पनीको विश्वास छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया