Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण


काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन)को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसमा हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरी डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ । अल–न्यू स्पर्पियो–एनको सुरुवातले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ । साथै कम्पनीको एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । ‘ट्विन पिक’ लोगोका खास विशेषता– यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बईमा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो । एमएन्डएम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गरिएको बताए । यस्तै अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले अग्नि मोटर्सको महिन्द्रासँगको सम्बन्ध तीन दशकभन्दा लामो समयदेखि कायम रहेको बताए । स्कर्पियो ब्राण्डले गत दुई दशकमा नेपालमा प्रतिष्ठित ब्राण्डको रुपमा आफूलाई स्थापित गरेको र नयाँ अल–न्यू स्कर्पियो–एनले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनः परिभाषित गर्ने उनको दाबी छ ।

नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । तेस्रो पिँढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ । यसमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ । साथै १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टर्कको एमहक (डिजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक छ स्पिड ट्रान्समिसन र फोरह्विल ड्राइभ विकल्पसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार द स्कर्पियो–एनले पूरै नयाँ तहमा अगाडि लैजान्छ । सिग्नेचर ह्विल आर्चहरू पौडीबाज व्यक्तिको पुष्ट रूपरेखा (सिन्यूल सिल्हुट)बाट प्रेरणा लिँदै अझ बढी आकर्षक मासंपेशीयुक्त (मस्कुलर) बनाइएका छन् । धातुको स्कर्पियो (बिच्छी)को पुच्छरजस्तो तत्वलाई बेल्टलाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ, यो झ्यालको माथिसम्म पूरै घुम्दै, स्कर्पिया–एनलाई थप आकर्षण दिन्छ । साथै द स्कर्पियो–एन बाहिरीजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमान्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ ।

द स्कर्पियो–एनले बेन्चमार्क ड्राइभिङ गतिशीलता प्रदान गर्न उपलब्ध सबैभन्दा जटिल प्रविधिहरूको प्रयोग गर्दछ । गतिशील क्षमता र आश्वासनदायी ह्यान्डलिङ क्षमताहरूको उल्लेखनीय स्तर प्रस्ताव गर्न नवीनतम पुस्ताको बडी–अन–फ्रेम संरचनालाई अनुकूलन गरिएको छ । यसबाहेक, आत्मविश्वासपूर्ण सवारी सञ्चालन र ह्यान्डलिङ विशेषता प्रदान गर्न पेन्टा–लिंक रियर सस्पेन्सनयुक्त सेगमेन्ट–फस्र्ट वाट्स लिंक प्रणाली छ । यसको श्रेणीमा रहेको गाडीको लागि स्टेरिङ सेटअप उल्लेखनीय रूपमा सहज र प्रतिक्रियाशील हुने तथा चारवटै डिस्क ब्रेकले आनन्ददायी तर सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यस्तै द स्कर्पियो–एन फस्र्ट–इन–क्लास, इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट टेक्नोलोजीको साथ सबै भूभागहरूमा आधिपत्य कायम गर्ने गरि डिजाइन गरिएको छ । केवल स्पर्शका साथ, इलेक्ट्रिक सिफ्ट–अन–द–फ्लाई ४व्हील ड्राइभ सिस्टमले २डब्ल्यूडी मोडबाट द स्कर्पियो–एनलाई सबै–विजय गर्ने, सक्षम ४डब्लूडी प्राणीमा रुपान्तरण गर्दछ ।

कम्पनीका अनुसार अल–न्यू स्कर्पियो–एनमा यसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएकोे हो । कार्बन तटस्थतातर्फ अघि बढ्ने महिन्द्राको लक्ष्यअन्तर्गत एमएन्डएमले सचेतनापूर्वक धेरै वातावरण मैत्री निर्माण प्रक्रिया अपनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया