Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपर्वतमा एक वर्षमा तीन सय उद्योग थपिए

पर्वतमा एक वर्षमा तीन सय उद्योग थपिए


पर्वत । पर्वतमा चालू आर्थिक वर्षमा दुई सय ८९ नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारीअनुसार चालू आव ०७८/७९ को जेठ मसान्तसम्म दुई सय ८९ उत्पादन तथा प्रशोधनमूलक उद्योग र दुई सय ३८ वाणिज्य प्रकृतिका व्यवसाय दर्ता भएका हुन् ।

कार्यालयले दर्ता तथा नवीकरण दस्तुरबापत लिएको रकमबाट एक वर्षमा नै २२ लाख ९० हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ । कार्यालय प्रमुख मुना अधिकारीका अनुसार चालू आर्थिक वर्षमा नेपालमा नै कम मात्रामा सञ्चालन भएका केराबाट धागो उत्पादन गर्ने गरी कुश्मा नगरपालिका–१ मा धागो उत्पादन उद्योग दर्ता भएको छ भने आयातलाई विस्थापन गर्ने गरी पानी उद्योगलगायतका विभिन्न उत्पादनमूलक उद्योग पनि दर्ता भएका छन् ।

यस वर्ष पर्यटनमूलक उद्योगहरु पनि दर्ता भई सञ्चालनमा आएको अधिकारीले बताए । पछिल्लो समय प्रदेश सरकारले कोभिडका कारणले विदेशबाट फर्केका युवालाई उद्योग दर्तामा पूर्ण छुट दिएकाले गत आर्थिक वर्षमा जिल्लामा उद्योगीको सङ्ख्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए । प्रदेश सरकारबाट प्राइभेट फार्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी वर्षेनी बढ्दै गएका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया