Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली राइडर दीपक साह -याली अफ चाम्बा विजेता

नेपाली राइडर दीपक साह -याली अफ चाम्बा विजेता


काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक कुमार साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘¥याली अफ चाम्बा’को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर -यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो -यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए ।

दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दूरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दूरी राइडरहरुले पार गरेका थिए । यसअनुसार इभेन्टको समग्र दूरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दूरी १६७ किलोमिटर थियो । ग्रुप डीअन्तर्गत पनि उनी २५० सीसीभन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यसअनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लसजस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ । यसरी पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायकलगायतले उनलाई पुरस्कार वितरण गरेका थिए ।

दीपकले पहिलोपटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । पहिलोपटक भाग लिने क्रममै उनको खुट्टा भाँच्चिएको थियो । उनले केही समय आराम गर्नुपरेको थियो । अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इन्फिल्ड विधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भएका थिए । प्रतियोगितामा सहभागी हुन उनी जुन १० मा नै काठमाडौंबाट दिल्ली, चण्डीगढ हुँदै हिमाचल प्रदेश प्रस्थान गरेका थिए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिब १२० किलोमिटर छ । त्यसपछि एक जना मेकानिक्स र म्यानेजरको व्यवस्था गरेर उनी पठानकोट हुँदै चाम्बा पुगेका थिए । उनले तीन दिनअघि नै चाम्बा पुगेर पहिले नै तोकिएको -याली रुटको वारेमा अध्ययन गरेका थिए ।

भारतको हिमाचल प्रदेशस्थित ब्राउन बियर मोटर स्पोर्ट्सले सो प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगिताको रुटमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित साचपास समेत रहेको छ । भारतको हिमाचल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त यो एक मात्र महत्वपूर्ण प्रतियोगिता हो । त्यसैगरी फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) बाट स्वीकृत प्राप्त प्रतियोगिता हो । यसबाट पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ । पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएर नेपालको नाम राखिसकेका हुनाले दीपकलाई सो इभेन्टका लागि आयोजकले नै निमन्त्रणा गरेका थिए । नेपालबाट सहभागी हुने भएकाले उनलाई विशेष सम्मानसहित प्रतियोगितामा लाग्ने रजिष्ट्रेशन शुल्का उनलाई केही छुटको समेत व्यवस्था समेत गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया