Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया फोन ‘आईएफ डिजाइन अवार्ड’द्वारा सम्मानित

नोकिया फोन ‘आईएफ डिजाइन अवार्ड’द्वारा सम्मानित


काठमाडौं फागुन ९
एचएमडी ग्लोबलले आफ्नो छ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२०द्वारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका छ प्रकारका नोकिया फोनहरुमध्ये दुई स्मार्टफोन र चार फिचर फोनहरु छन् । आईएफ डिजाइन पुरस्कार विश्वको सबैभन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आईएफ अन्तर्राष्ट्रिय फोरम डिजाइन जीएमबीएचले आयोजना गरेको थियो ।

स्वतन्त्र डिजाइन विशेषज्ञहरु सम्मिलित प्यानलले ५६ देशहरुको ७ हजारभन्दा बढी प्रतिस्पर्धीहरुको समीक्षा गरेको थियो । आईएफ डिजाइन अवार्ड २०२० बाट सम्मानित फोनहरुमा स्मार्टफोनतर्फ नोकिया ७.२ र नोकिया १ प्लस हुन भने फिचर फोनतर्फ नोकिया १०५, नोकिया ११०, नोकिया ८०० टफ र नोकिया २७२० फ्लिप हुन् । उपभोक्ताहरुको अनुभवमा फरक किसिमको आकर्षक डिजाइन प्रत्येक नोकिया फोनको विशेषता हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया