Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ हुने

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ हुने


काठमाडौं । चौथो सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अवार्डको तीन संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ वैशाखदेखि २०७८ चैतसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूलनाराको साथ हुनलागेको ज्योति विकास बैंकको प्रस्तुति सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुनसक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए ।

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पु-याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया