Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाउन २३ देखि मनकामना केबलकार बन्द हुने

साउन २३ देखि मनकामना केबलकार बन्द हुने


काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भर पर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकहरुले गर्नेछन् । स्तरोन्नति कार्य करिब पाँचदेखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेसनमा रहेको रेष्टुरेन्ट भने चालू रहने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया