Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिलरहरुद्वारा मंगलम् इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

डिलरहरुद्वारा मंगलम् इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण


काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक र निर्यातकर्ता कम्पनी मंगलम् इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । उनीहरुले यही १३ गते शुक्रबार फ्याक्ट्रीको अवलोकन गरेका थिए । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेको कम्पनीले जनाएको छ ।

उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम् पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम् पाइप्सका प्रबन्धनिर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तर्क्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।

कम्पनीका प्रबन्धनिर्देशक अभिनव चुरिवालले अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै कम्पनीका डिलरहरु रहेको र उनीहरुको सक्रिय सहभागिताले कम्पनीलाई भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न हौसला मिलेको बताए । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया