Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकलेज आइडिया हन्ट २०२२ सुरु

कलेज आइडिया हन्ट २०२२ सुरु


काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । कम्पनीले गत बिहीबारबाट आवेदन खुलाएको हो । नेपाली समाजको रुपान्तरण र व्यावसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।

वर्तमान युग र समयसापेक्ष समस्या र अवसरहरु सम्बन्धित नवीनतम तथा दिगो समाधानसहितका आइडिया भएका विधार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् । कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट १० योजनालाई व्यवसायसम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ ।

उत्कृष्ट ३ विजेताले जनही एक लाख नगद पुरस्कारका साथै आईडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले आगामी भदौ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया