Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइसेवाबाट होटल बुक गर्न सकिने

इसेवाबाट होटल बुक गर्न सकिने


काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवामार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् ।

इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी रहेको कम्पनीले जनाएको छ । इसेवाले यदि अनलाइनमार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ ।

इसेवामार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आईओएसमा समेत उपलब्ध हुनेछ । इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पनाअनुसार कम्पनीले होटलको सेवा सुरुवात गरेको बताए । यसबाट ग्राहक र होटललाई सेवा मिल्ने उनको भनाइ छ ।

साथै कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पु¥याउने उनको विश्वास छ । साथै भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरी अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए ।

इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया