Techie IT
×
गृहपृष्ठकर्पोरेटरन शुजले नयाँ मोडलका जुत्ता बजारमा ल्यायो

रन शुजले नयाँ मोडलका जुत्ता बजारमा ल्यायो


काठमाडौं । रन शुज इन्ड्रष्ट्रिज प्रालिले २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । उपभोक्ताहरुको चाहना, बिक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वहरुलाई लक्षित गरी विभिन्न नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले विशेषतः पछिल्लो समयमा लेडिज स्पोर्टस शुज नेपाली ब्राण्डमा कमै मात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुवै वर्गको लागि जुत्ताहरु बजारमा ल्याएको हो । समय र ग्राहकको चाहनाअनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले आम उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ । स्पोर्टस, फेन्सी तथा युवाहरुको चाहनाअनुसार पार्टी, क्याजुअल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन शुजका उत्पादनहरु उच्च गुणस्तरको फ्लेक्जिबल इनेरसोल, नचिप्लिने रवर तथा पियूको सोलहरुमा बजारमा उपलब्ध छन् । रन ब्राण्डका जुत्ताहरुमा गुणस्तरीय मेटेरियल्स प्रयोग भएकोले रन ब्राण्डका जुत्ताहरु लगाउँदा आरामदायी फ्लेक्जिबल, लचकदार (बलियो) साथै रिजनेबल पनि छन् ।

रन शुजकोे हालसम्ममा एक हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथैे यसले ७७ वटै जिल्लाका मुख्य सहर तथा बजारहरुमा बिक्रीवितरण गर्दै आएको छ । निकट भविष्यमा यस कम्पनीका जुत्ता तथा चप्पलहरु विदेशी बजारमा निर्यात गर्न गृहकार्य भइरहेको कम्पनीले जनाएको छ । यस कार्यले देशले व्यहोर्दै आएको व्यापारघाटालाई घटाउन टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया