Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसफ्टवेरिका कलेजको निःशुल्क इथिकल हृयाकिङ र साइबर सेक्युरिटी वर्कशप

सफ्टवेरिका कलेजको निःशुल्क इथिकल हृयाकिङ र साइबर सेक्युरिटी वर्कशप


काठमाडौं । सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’सम्बन्धी निःशुल्क वर्कशप सम्पन्न भएको छ । कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरी एक दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम शनिबार सफ्टवेरिका कलेजमा सम्पन्न भएको हो ।

कार्यक्रममा सिसिआरसी कलेज, नामी कलेज, सेनलरेन्स कलेज, सेन्ट जेभियर कलेज, काथफोर्ड इन्टरन्यासनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआइटी, केयमसीलगायत विभिन्न विद्यालयबाट र पासआउट दुई सय जना विद्यार्थीहरू सहभागी भएको कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए ।

वर्कशपमा सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटीबीचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्-याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोगबारे विस्तृत तालिम एवं जानकारी प्रदान गरिएको कलेजले जनाएको छ । उक्त वर्कशपमा मनोजलगायत कृतिश ढुंगेल, महनराज राजा जीएम, सचिन चौलागाई, विवेक सुवेदी र युफान लिम्बुले तालिम दिएका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया