Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअग्नी ग्रुपको टु एस सर्भिस सेन्टर पोखरामा

अग्नी ग्रुपको टु एस सर्भिस सेन्टर पोखरामा


काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर ‘पोखरा अटो वक्र्स’ प्रस्याङ, पोखरामा सञ्चालनमा ल्याएको छ ।

पोखरा अटो वक्र्स अग्नी ग्रुपको थ्री एस डिलर बतास ब्रदर्सको सहायक कम्पनी पनि रहेको छ । पोखरा अटो वक्र्सको उद्घाटन सोमबार अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुबेदी तथा अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरुका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया