Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनआरएनको ‘पढ्दै र कमाउँदै’ परियोजना

एनआरएनको ‘पढ्दै र कमाउँदै’ परियोजना


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउँदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिम्खडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यावसायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन लागिएको हो ।

संघको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि छ वर्षको हुने संयोजक सिम्खडाले जानकारी दिए । उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यावसायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमा समेत सबल बनाउने रहेको संघले जनाएको छ । अभावका कारण बीचैमा पढाइ छोडेर वैदेशिक रोजगारी जाने विपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिम्खडाले जानकारी दिए ।

परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ । परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सीप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्नेछ । पढ्दै र कमाउँदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।

सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया