Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाछापालनका लागि ४ करोड अनुदान

माछापालनका लागि ४ करोड अनुदान


 सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन व्यवसायका लागि सरकारीस्तरबाट झण्डै चार करोड रुपैयाँ खर्च भएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राउड माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षभित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट जिल्लाका १२ वटा फमलाई तीन करोड ९६ लाख ५९ हजार अनुदान वितरण गरिएको हो ।

अनुदान प्राप्त गर्नेहरुमा महाकुलुङ रेन्पो ट्राउड माछापालन ब्लग समिति महाकुलुङ गाउँपालिका १, खुम्बु कृषि व्यवसाय तथा माछापालन समूह खुम्बु पासाङ ल्हामु गाउँपालिका १, सोलु रेन्बो ट्राउड माछापालन समूह सोलुदूधकुण्ड नगरपालिका ९, थुलुङ महाकुलुङ रेन्बो ट्राउड ब्लग विकास समूह थुलुङ दूधकोशी गाउँपालिका ७ र सगरमाथा बहुउद्देश्यीय कृषि तथा पशु फर्म सोलुदूधकुण्ड नगरपालिका १० छन् ।

यस्तै सुजन सशि कृषि तथा पशु फम सोलुदूधकुण्ड नगरपालिका ९, सगरमाथा कृषि व्यवसाय तथा माछा केन्द्र खुम्बु पासाङ ल्हामु गाउँपालिका १, राजा बहुउद्देश्यीय ह्याचरी कृषि तथा पशु फम थुलुङ दुधकोशी गाउँपालिका ९, मामा भान्जा बहुउद्देश्यीय कृषि तथा माछा केन्द्र माप्यदूधकोशी गाउँपालिका २, हिमाली कृषि तथा रेन्बो ट्राउड माछा फर्म सोलुदूधकुण्ड नगरपालिका १, हिमाली रेन्बो ट्राउड तथा लोकल माछा फर्म सोलुदूधकुण्ड नगरपालिका ४ र ज्योति बहुउद्देश्यीय कृषि तथा पशु फर्म थुलुङ दूधकोशी गाउँपालिका १ रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ ।

उक्त फर्महरुमध्ये केहीलाई ७५ र केहीलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख भीमलाल तामाङले जानकारी दिए । तर माछापालनका लागि राज्यको करोडौँ लागनी भए पनि जिल्लामा सीमित फर्महरुले मात्रै उत्पादन गर्नसकेका छन् । कतिपयले अनुदानका लागि सामूहिक फर्म दर्ता गरे पनि अनुदान प्राप्त भएपछि व्यवसाय सञ्चालन नगरेको पाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया