Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड आईएमई पेमार्फत गर्न सकिने

टीएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड आईएमई पेमार्फत गर्न सकिने


काठमाडौं । सेयर लगानीकर्ताले आफ्नो टीएमएसमार्फत आईएमई पे छनौट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ ।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टीएमएसमा जोडिनुले नेपालको सेयरबजारलाई डिजिटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए । यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाको कर पनि भुक्तानी गर्न सकिने
चन्द्रागिरि नगरपालिकाको कर पनि अब आईएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको हो । उक्त सेवाको शुभारम्भसँगै नगरपालिकाका सेवाग्राहीहरुले आईएमई पेमार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् । नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया