Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओण्ड’ सम्मेलन हुने

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओण्ड’ सम्मेलन हुने


काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (विफिन)ले ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड’ सम्मेलनको आयोजना गर्ने भएको छ ।

आगामी आइतबार काठमाडौंमा हुने सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुति गर्ने बताइएको छ । साथै सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब एक सय ५० सहभागीहरुले आप्mनो सहभागिताको सुनिश्चित गरिसकेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले उद्घाटन गर्ने सम्मेलनमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमानले ‘ग्लोबल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेज : अ रेगुलेटरी प्रस्पेक्टिभ’, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले ‘म्याक्रो इकोनोमिक रिस्क एण्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमी, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले ‘दि बैंक इन २०३०’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्नको लागि ‘द फ्युचर अफ माइक्रोफाइनान्स : प्रस्पेक्ट, च्यालेन्जेज एण्ड अपर्च्युनिटिज’ विषयमा माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले र इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्न बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले ‘द इनोभेटिभ मोडल अफ इन्स्योरेन्स : प्रस्पेक्ट, च्यालेन्जेज एण्ड अपर्च्युनिटिज’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा इन्फ्रास्ट्रक्चर फाइनान्सिङअन्तर्गत एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीले ‘इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट : ग्याप, मोडेल्स एण्ड अपच्र्युनिटिज’, ‘ट्रेण्ड, रिस्क एण्ड इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल’ विषयमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले ‘बैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङ : करेन्ट स्टेन्स एण्ड फ्युचर स्टेप्स’ विषयमा आफ्नो प्रस्तुति दिने बताइएको छ ।

यस सम्मेलनको टाइटल प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड छ भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अष्ट्रेलिया र भूमि डेभलपर्स नेपाल छन् । त्यसैगरी सम्मेलनको सहप्रायोजकहरु विभिन्न बैंक तथा वित्तीय संस्थाहरु छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया