Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नार्जो ५० ए प्राइम नेपाली बजारमा

रियलमी नार्जो ५० ए प्राइम नेपाली बजारमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिस र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । रियलमी नेपालका हेड, मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिजअन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

कम्पनीका अनुसार यो फोन प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो, जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन टु डी बाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन हो । यसमा समावेश गरिएको ५० एमपी एआई ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ ।

यस स्मार्टफोनमा ५० एमपी प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बीएण्डडब्लु लेन्स समावेश छ, जसले प्रयोगकर्ताहरूलाई जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ । यसको अगाडिको आठ एमपी एचडीआर क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ ।

रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली युनिसोक टी६१२द्वारा सञ्चालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर १२ एनएम प्रोसेसर हो, जसले २.० गिगाहर्जसम्मको पावर र कोरटेक्स ए७५ संरचना समर्थन गर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्छ । १६.७ सेमी (६.६ इन्च) एफएचडी डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइमले प्रयोगकर्ताहरूका लागि विना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यो स्मार्टफोनमा मेगा पाँच हजार एमएच ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ ।

फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ । यो फोन २१ हजार ७ सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । रियलमी नार्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलरमा ४+१२८ जीबी भेरियन्टमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया