Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनमस्ते पेमा लोयल्टी पोइन्ट्स प्रणाली सुरु

नमस्ते पेमा लोयल्टी पोइन्ट्स प्रणाली सुरु


काठमाडौं । नमस्ते पेले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ । यस कार्यक्रमको सुरुवातसँगै ग्राहकलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने कम्पनीको दाबी छ ।

नमस्ते पेको लोयल्टी पोइन्ट्स प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ । प्रत्येक प्रयोगकर्ताले हरेक एक सय रुपैयाँको खर्चमा, दुई एनपी क्वाइन/पोइन्ट्स पाउनेछन् । साथै प्रत्येक आठ एनपी क्वाइन/पोइन्ट्सको मूल्य एक रुपैयाँ हुनेछ । सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी पोइन्ट्स संकलन गर्न सक्नेछन् । उक्त पोइन्ट्सको प्रयोग गरी ग्राहकले नमस्ते पेबाट विभिन्न भ्वाइस÷डेटा प्याकहरू र टप–अप रिडिम गर्नसक्नेछन् ।

साथै विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्नसक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले एनपी पोईन्ट्स रिडिम गर्ने मौका पाउनेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया