Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा ईभी एक्स्पो हुने

नाडा ईभी एक्स्पो हुने


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पहिलोपटक नाडा ईभी एक्स्पोको आयोजना गर्ने भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको आठौ बैठकले नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो । उक्त एक्स्पो आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुनलागेको हो ।

सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध आगामी भदौ १४ गते सम्मको लागि विस्तार गरेपछि नाडाले ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्स्पो गर्दै आएको छ । भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सवैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया