Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा

भायानेटको नयाँ शाखा अब सुर्खेत, घोराही र तुलसीपुरमा


काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू सञ्चालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाईजस्ता योजनाहरूमार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै एक सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुसियाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा चार महिनासम्मको फ्रि ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको छ । भायानेट सुर्खेतको सर्भिस सेन्टर वीरेन्द्रचोकमा, घोराही सर्भिस सेन्टर बीपी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा र भायानेट तुलसीपुरको सर्भिस सेन्टर मनपुर रोड एनआई.सी एसिया बैंकनजिकै खोलिएको कम्पनीले जनाएको छ ।

भायानेटले आफ्ना ग्राहकलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियनाजस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्यान्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभर विस्तार गर्ने क्रममा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया